मिरिक: हिजो बिहिवार साँझ मिरिक महकुमाको मन्जु क्षेत्रमा दुईजना व्यक्तिले १५ र १६ वर्षकी दुईजना नाबालिका विद्यार्थीहरूलाई दुष्कर्म गर्ने कोशिश गरेको खबर प्रकाशमा आएको छ। यो घटनापछि दुई नाबलिकाले घरमा आएर पुगेर सो घटना आफ्ना अभिभावकहरूलाई सुनाए। अभिभावकहरूले सो सुनेपछि यसबारे पुलिस थानामा रिपोर्ट दर्ता गरे। यसपछि पुलिसले हिजो राती नै ती दुई आरोपीलाई पक्राउ गरेर मिरिक थानामा ल्याएको पीडित छात्राहरूको परिवारपक्षले जनाएको छ। ती दुई आरोपीहरूलाई पुलिसले पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरिसकेको परिवार पक्षले बताएको छ। यस प्रकारको घटनाले मिरिक क्षेत्रमा पनि छोरीहरू असुरक्षित भइरहेको बोध गर्दै आरोपीहरूलाई कठोर सजाय दिनु पर्ने तिनीहरूले माग गरेका छन्।









