सिलगढी: उत्तर बंगाल विश्वविद्यालय (एनबीयू) बचाओ मञ्चले शुक्रबार विश्वविद्यालय परिसरमा विरोध प्रदर्शन गर्यो। विश्वविद्यालयको जग्गा निजी हातमा दिने प्रयासको विरोधमा आज उत्तर बङ्गाल विश्वविद्यालयको प्रशासनिक भवन अगाडि संगठनका सदस्यहरूले उग्र विरोध प्रदर्शन गरेका छन्।










