कोविड़ सिक्किम: कोरोनाकाे १ नयाँ मामिला, २ जना भए कोरोनामुक्त

IMG_20210910_192109-1-1.jpg

गान्तोक: आज राज्यभरिबाट कोरोनाकाे एउटा नयाँ मामिला फेला परेको र दुईजना कोरोनामुक्त भएकाे राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ९० जनाको नमूना जाँच गरेकाेमा गान्तोक जिल्लाबाट एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ। राज्यका अन्य जिल्लाहरूबाट नयाँ मामिला अघि आएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या २ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर १ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०२८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३१३ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement