गोर्खा वेलफेयर भवन दिल्लीको साकेतमा निर्माण हुने

IMG-20221125-WA0127.jpg

खरसाङ: अनित थापा जीटिए अध्यक्ष,जी टी ए पर्यटन विभाग सभासद नोर्देन् शेर्पाको नेतृत्वमा गएको चार सदस्यीय टोलीले दिल्लीको साकेतमा जी टी ए अधिनस्थ १९३५ वर्ग मीटरको जमीनको निरीक्षण गरेका छन्। यो जमीन धेरै वर्ष पूर्व गोर्खा वेलफेयर भवन निर्माणको निम्ति लिइएको थियो। आजको दिनमा यस जमीनको मूल्य २०० करोड भन्दा बढी रहेको सभासद बताउँछन्। एउटा भिडियो सन्देश मार्फत शेर्पाले भनेका छन् कि अब जमीनको कानुनी अड्चन हटेको छ। जी टी ए चिफ अनित थापाको निर्देशमा टोलीले जमीनको जमीनी स्थितिको जायजा लिएका छन्। टोलीले केन्द्र सरकारको सम्बन्धित अधिकारी संग पनि भेट गरेको सन्देशमा उल्लेख गरिएको छ।

टोलीमा सभासद नर्देन शेर्पा, पर्यटन विभागका एक्जिक्युटिभ डिरेक्टर, एक्जिक्युटिभ इन्जिनियर रहेका छन्।

About Author

Advertisement