सिमलबारी एफसी फाइनलमा, मारामार एफसी-सँग खिताबी भिड़न्त आइतवार

photocollage_20221125111826504.jpg

२५ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा सिमलबारी एफसी-ले फाइनलमा प्रवेश गऱ्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा सिमलबारी एफसी-ले भुट्टाबारी एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल गर्ने विक्रम राणा मंगरलाई प्लेयर अफ द म्याच चयन गरियो। अब आइतवार खेलिने फाइनलमा सिमलबारी एफसी र मारामार एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट आकाश गहतराजले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement