वनकर्मी विरुद्ध गाउँलेको प्रदर्शन

vlcsnap-2022-11-25-10h25m01s51.png

जलपाईगुडी: बनारहाट ब्लकको बिन्नागुरी वन्यजन्तु दस्ताका वनकर्मीहरूले हात्तीलाई भगाउन राती गाउँमा पुग्दा स्थानीय जनताको विरोधको सामना गर्नु परेको छ। बनारहाट थाना क्षेत्रको दुरमारी चनादिपा क्षेत्रमा राति भएको घटनापछि उक्त क्षेत्रमा ठूलो तनाव देखिएको छ। वनकर्मीको विरोधको खबर प्राप्त हुनासाथ बनारहट थानाको प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। धेरै प्रयासपछि अन्तत बनारहाट थानाको प्रहरीले वनकर्मीलाई गाउँलेको चंगुलबाट उद्धार गरेको थियो। यस क्षेत्रमा हात्तीको बथान खेतमा पसेर विनाश गर्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन्, जसले गर्दा खेतमा लगाएको बाली नष्ट हुँदै गएको छ, यस बालीको क्षतिपूर्ति कसले दिने भन्ने भन्दै वनकर्मीलाई बन्धक बनाएर विरोध गरेको स्थानीयवासीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement