परिचय लिटरेचर फेस्टिबल २०२२ मा नेपाली कविहरू उदय थुलुङ अनि योगिता राईले सहभगिता जनाउने

00-IMG-20221124-WA0270

मङ्पू: उडिस्सा राज्यको भुवनेश्वरस्थित परिचय फाउण्डेसनले आउँदो २६ नोभेम्बरमा ‘परिचय लिटरेचर फेस्टिबल – २०२२’ आयोजना गरिरहेको छ। कोलकाताको चौरिङगी रोडमा अवस्थित रोटरी सदन अडिटोरियमा बिहान एघार बजेदेखि शुरु हुने उक्त फेस्टिवल साँझ ७ बजे समाप्त हुनेछ। विभिन्न सत्रहरूमा विभाजित उक्त फेस्टिबलमा सम्बर्द्धनना,पुस्तक- विमोचन, प्यानल डिस्कसनहरू, बहुभाषिक कवि गोष्ठी, सांस्कृति कार्यक्रम आदि रहने छन्। बहुभाषिक कविगोष्ठीमा असमीया, ओडिया, नेपाली, मैथिली, बङ्गाली, तेलुगु, अंग्रेजी, हिन्दी, गुजराती, भाषाहरूका ४० जना कविहरूले आफ्‌ना भाषाका कविताहरु प्रस्तुत गर्नेछन्। नेपाली भाषालाई कवि उदय थुलुङ अनि कवि योगिता राईले प्रतिनिधित्व गर्नेछन्।

उक्त लिटरेचर फेस्टिबलको मुख्य अतिथि  साहित्य अकादमी, नयाँ दिल्लीका सचिव डा. के श्रीनिवास राव रहने छन्। विशिष्ट अतिथि ओडिया भाषाका समालोचक डा. प्रफुल्ल कुमार मोहन्ती, उडिसा सरकारका सांस्कृतिक विभाग‌का निर्देशक रञ्जन कुमार दास, उडिस्सा सरकारका रियल स्टेट रेगुलेटअथरिटिका प्रशासनिक सदस्य प्रदीप कुमार विस्वाल, नयाँदिल्लीका इन्कम ट्याक्स विभाग‌का कमिश्नर परामिता सतपथी रहने छन्। फेस्टिबललाई परिचय फाउण्डेसन‌का संस्थापक अनि निर्देशक डा रोजालिन पाहासानी मिश्रलगायत फेस्टिबल‌का सल्लाहकारगण डा. अमरेन्द्र खटुवा नयाँ दिल्ली, प्रियदर्शी मिश्र उडिसा अनि डा. फनी मोहन्ती उडिसाले स्वागत-सम्बोधन गर्नेछन्।

प्यानल डिस्कसन‌मा “लिटरेरी ट्रान्स्लेसन : प्रोब्लेम्स एण्ड प्रोस्पेक्ट्स माथि संथाली लेखक पद्‌मश्री दमयन्ती बेसरा, उड़िया कवि अनुवादक खिरोद परिदा, उडिया समिक्षक प्रोफेसर भरत जेना, उडिया अनुवादक डा.भगवान जयसिंह, बङ्गाली कवि-प्रकाशक बितास्ता घोषाल, बङ्गाली कवि अनुवादक स्यामली सेनगुप्त; बङ्गाली कवि अनुवादक जसोधरा रायचौधरीले भाग लिनेछन्। प्यानल डिस्कसन‌का मोडरेटरको रूपमा मैथिली भाषाका प्रसिद्ध लेखक साहित्य अकादमी पुरस्कार प्रापक प्रदीप बिहारी रह्ने भएका छन्। साहित्य अकादमी कोलकाताका प्रोग्राम कोअर्डिनेटेर डा. मिहिर साहू विशिष्ट अतिथि रहेका बहुभाषिक कवि गोष्ठीलाई हिन्दी भाषामा पारमिता सराङ्ग‌ी हिन्दी/उडिया भाषामा संघमित्रा रायगुरू अनि अंग्रेजी भाषामा सोनाली साहुले सञ्चालन गर्नेछन्। ‘परिणिती’ द्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएपछि साँझ सात बजे ‘परिचय लिटरेचर फेस्टिबल- २०२२’ को समापन हुनेछ।नेपाली भाषालाई प्रतिनिधित्व गर्नुहुने कविद्वय उद‌य थुलुङ अनि योगिता राईलाई मङ्पू साहित्यक संस्थाले अनेकौं  शुभकामना व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *