नेपाल चुनाव: प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड गोर्खाबाट निर्वाचित

00-Prachanda

गोर्खा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोर्खा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन्। उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी थिए। नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे। प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए। माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन्l   २०१७ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जित्नुभएका उनले यसपटक गोर्खा २ रोजेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement