मुख्यमन्त्री प्रेमसिंह तामाङले सीड सेलका सदस्यहरूसॅंग भेट

c99db7f6-cda5-4181-8470-ee2daab819f2

गान्तोक: आज नयाँ दिल्लीस्थित सिक्किम हाउसमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सीड सेलका सदस्यहरूसॅंग भेट गरे। उषा थिङ लामाको अगुवाईमा आएको सीड सेल टोलीसॅंग मुख्यमन्त्रीले राष्ट्रिय राजधानीमा तिनीहरूको प्रगतिबारे जानकारी लिए।

मुख्यमन्त्रीले सेलका सदस्यहरूलाई राज्यका सबै जिल्लाहरूमा उद्यमीहरूलाई उपयुक्त स्थान उपलब्ध गराउने सरकारको योजना रहेको अवगत गराए। यसै गरी, दिल्लीका वाणिज्यिक परिसरहरूमा पनि ठाउॅं प्राप्त गर्न सहयोग गर्ने उनले थप बताए। उनले लाभार्थीहरूलाई पसलहरू सब्लेट नगर्न आह्वान गर्दै स्वयं सहायता समूहहरूसॅंग मिलेर काम गर्न र उनीहरूलाई अगाडि बढ्न सहायता गर्न आह्वान गरे। सिक्किमका उद्यमीहरू हाल दिल्लीको प्रगति मैदानमा आयोजित अन्तरराष्ट्रिय व्यापार मेलामा भाग लिन आएका छन्। उद्यमीहरू देश अनि विदेशबाट अर्डर प्राप्त गर्न सफल बनेका छन्। सिक्किम सरकारका आवास आयुक्त एके चन्दले दिल्लीमा उद्यमीहरूसॅंग समन्वय राखेर उनीहरूलाई सहायता प्रदान गरिरहेका छन्। मुख्यमन्त्रीले उद्यमीहरूलाई बधाई दिॅंदै सोही उत्साहका साथ आफ्नो प्रयासलाई जारी राख्न प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement