खरसाङको लंगभ्यू बरबोटेको जीर्णावस्थामा रहेको बाटोको विभागीय सर्वेक्षण

IMG-20221124-WA0275.jpg

खरसाङ: खरसाङको लंगभ्यू साई मन्दिरदेखि बरबोटेसम्म जाने जीर्णावस्थामा रहेको बाटोको निरीक्षण खरसाङ विशेष इन्जीनियरिङ विभागद्वारा गरिएको छ। पंखाबारी लंगभ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान साथै जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा गरिएको विभागीय सर्वेक्षणले ग्रामवासीमा खुशीको लहर छाएको छ। स्थानीय ग्रामवासीले बाटोको विभागीय सर्वेक्षणको निम्ति जीटीए प्रमुख कार्यपाल साथै कार्यकारी सभासद कल्पना प्रधानप्रति आभार व्यक्त गरेका छन्। खरसाङ विशेष ईञ्जिनियरिङ विभागको मुख्य अभियन्ता बिपेन प्रधान साथै उनका सहयोगीहरू साथै पंखाबारी लंगभ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानको विशेष उपस्थितिमा बाटोको सर्वेक्षण गरिएको छ। लंगभीऊ साई मन्दिरदेखि बरबोटेसम्म जाने बाटो विगत धेरै बर्षदेखि जीर्णावस्थामा रहेको थियो र विभागीय सर्वेक्षणले यो बाटोले काँचुली फेर्ने आशा ग्रामवासीमा जागेको छ।
यस सर्वेक्षण कार्यमा क्षेत्रीय सभासद कल्पना प्रधान, खरसाङ महुकमा समिति सदस्य सुरज लामा, समष्टि अभिभावक फोरमका याङडुप लामा, समष्टिको प्रचार प्रसार सचिव जिनोद परियार, ट्रेड यूनियन लंगभ्युऊ युनिट सभापति सन्तोष गोले, सचिव सतेन थापा, लंगभ्यू संयोजक मौसम लामा साथै पार्टी कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement