तृणमूलको नवनिर्वाचित अञ्चल चेयरम्यान र सभापतिहरूलाई स्वागत सहित प्रस्तुति सभा

89e14b8c-e18c-4618-b571-51ba97a6db47

कालचिनी –  हालै कालचिनी ब्लक तृणमूल कङ्ग्रेसको ११ वटा अञ्चल कमिटीको नवनिर्वाचित चेयरम्यान र सभापतिहरूको नाम घोषित भएपछि अञ्चल स्तरमा स्वागत कार्यक्रम हुँदै आइरहेको थियो भने आज तृणमूल कालचिनी ब्लक कमिटीको आह्वानमा कालचिनी ब्लक तृणमूल कार्यालयमा पनि ती नवनिर्वाचित चेयरम्यान अनि सभापतिहरूलाई जिल्ला सभापति प्रकासचीक बडाइक लगायत आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज र तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँको उपस्थितिमा स्वागत कार्यक्रम सम्पन्न भयो।

मूलतः नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत साथै सम्पूर्ण अञ्चल प्रतिनिधि एवम् पार्टी कार्यकर्ताहरूलाई लिएर आज नै आगामी २६ नोभेम्बरको दिन सिलगढ़ी बाघाजतिन पार्कमा सम्पन्न हुने पार्टी जनसभालाई सफल बनाउन सबै जाने तयारी बारे प्रस्तुति सभा पनि सम्पन्न गरिएको ब्लक सभापति बिरेन्द्र बारा उराउँले जनाएका छन्। पार्टीलाई बुथ स्तरबाट बलियो बनाउन धेरै कामहरू गर्नुपर्ने बारेमा एवम् आगामी पञ्चायत चुनाउलाई लक्ष्य गरेर तयारी चलाउने बारेमा छलफल पनि आज सम्पन्न सभामा भएको ब्लक सभापति बिरेन्द्र बारा उराउँले थप जनाएका छन्।

About Author

Advertisement