कुचबिहारमा पक्राउ परेका कर्मचारीहरूलाई रिहाई गरिनुपर्ने मागमा धिक्कार दिवस पालन

Graphic1-1

कुचबिहार : पश्चिमबंग सरकारी कर्मचारी समिति समूहको राज्य को-अर्डिनेसन कमिटी कुचबिहार जिल्ला शाखाले आज धिक्कार दिवस पालन गऱ्यो । आज डीएको मागमा विधानसभा अभियान अवधि संगठनका नेतृत्वहरूमाथि पुलिसको आक्रमण तथा पक्राउ गरेकोमा प्रतिवाद जनाउँदै यो दिवस पालन गरिएको थियो। संगठनका सदस्यहरूले आज कुचबिहार सदर महकुमाशासक विभाग कार्यालयअघि भेला भएर विक्षोभ देखाउँदै धिक्कार दिवस पालन गरे। संगठनका नेतृत्वहरूले भने, न्यायको मागमा आन्दोलन गर्दा पुलिसले आन्दोलनकारीहरूलाई घुस्सीले हिर्काउनको साथै कुनै अपराधबिनै पक्राउ गरेको छ। हिजो डीएको मागमा विधानसभा अभियान अवधि संगठनका ४८ जना नेतृत्वलाई पुलिसले कुनै कारणबिनै पक्राउ गरेको छ। यसैले तिनीहरूलाई रिहाई गरिनुपर्ने मागमा आज संगठनको तर्फबाट धिक्कार दिवस पालन गरिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *