चिया बगानबाट भालु उद्धार

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको एटियाबारी चिया बगानको डिभिजन बाहिर बांगाबादीमा बिहीबार एउटा भालु देखियो। चिया बगानमा भालु देखेपछि चिया बगानका कर्मचारीले वन विभागलाई खबर गरेका थिए। खबर पाएलगत्तै बक्सा बाघ आयोजनाका वन विभागका कर्मचारी घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई जाल लगाएर घेरा हालेका थिए। करिब चार घण्टाको प्रयासपछि वनकर्मीले निद्राको गोली हानेर भालुलाई नियन्त्रणमा लिएका थिए वन विभागले भालुलाई राजाभटखवा जंगलमा छाडेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement