राजगञ्ज हरिचरणभिटाका भूमिहीन मानिसहरू मुख्यमन्त्रीको हातबाट जमिनको पट्टा लिएर फर्किए घर

18-14-57-9f8b3e5e-f191-4e28-9ffc-016cc8dd6269-1.jpg

राजगञ्ज: राजगञ्जको हरिचरणभिटाको भूमिहीन मानिसहरू मुख्यमन्त्री ममता बेनर्जीको हातबाट पट्टा थापेर घर फर्कि आएका छन्। राजगञ्ज खण्ड अन्तर्गत बिन्नागढी ग्राम पञ्चायतको बलरामदेखि स्थानीय पञ्चायत सदस्य मोहम्मद समीउद्दीन तथा राजगञ्ज पञ्चायत समितिको भूमि एवम् वन कर्माध्यक्ष मोशरफ हुसेन लगायत भूमिहीन मानिसहरू गत सोमबार जमिनको पट्टा लिनको लागि कोलकाता गएका थिए। कोलकाताको नेताजी इन्डोर स्टेडियममा एउटा कार्यक्रमको माध्यमद्वारा मुख्यमन्त्रीले राज्यका विभिन्न ठाउँहरू लगायत राजगञ्ज खण्डको हरिचरणभिटा गाउँका लगभग ४२ जना मानिसहरूलाई जमिनको पट्टा प्रदान गरिन्। ग्रामवासीहरूले जमिनको पट्टा पाएपछि मुख्यमन्त्री ममता ब्यानर्जीलाई आभार प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement