दार्जीलिङ नगरपालिका बोर्ड अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कब्जामा

IMG_20221124_180457.jpg

खरसाङको नयाँ बजार स्थित टाउन हल मा आयोजित समर्थन कार्यक्रममा हाम्रो पार्टीका ६ जना नगर पार्षदहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

खरसाङ: दार्जीलिङ नगरपालिकाको कुल ३२ वटा सिट छ। तर वर्तमान ३१ सिट मात्र छन। गत जी टी ए चुनाव समय अमर लामा ले आफ्नो पद त्यागेका थिए। ३१ पदहरूमा हाम्रो पार्टीको १८ सिट, भा गो प्र मो का ८ सिट, तृणमूल का ३ सिट अनि निर्दलीय (गोजमुमो) का २ सिट थियाे तर आज हाम्रो पार्टीका ६ जना नगर पार्षदहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि दान पा को गणित यसप्रकारको रहे न। अब भागोप्रमो १४ सिट, तृणमूल ३ निर्दलीय २ हाम्रो पार्टी १२ सिट रहेकाे छ। श्रोत अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लाई १६ पार्षद हरुको समर्थन रहेको छ। दार्जीलिङ नगरपालिकाको बोर्ड अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गर्ने निश्चित रहेको छ।

आज सामेल हुने दार्जीलिङ नगर पार्षदहरु हुन, दिपेन ठकुरी (वार्ड नं २), विष्णु मल्ल (वार्ड नं ७), सितम लामा (वार्ड नं १९), गणेश प्रधान (वार्ड नं ४), शरण छेत्री (वार्ड नं १३) अनि दोर्जी लामा (वार्ड नं ६)। लामाको बाबुको मृत्यु हुन कारणले उहाँ उपस्थित रहनु सक्नु भएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement