गोही देखा परेपछि मानिसमा त्रास

मालदा: हबीबपुर ब्लकको श्रीरामपुर ग्राम पञ्चायतको कालीबारी पुनर्भव नदीमा फेरि एक गोही देखिएपछि मानिसहरूमा ठूलो त्रास फैलिएको छ। गोही हेर्न गाउँलेहरुको भीड जम्मा भएको थियो। बुधबार बिहान माछा मार्ने क्रममा खोलाको किनारमा गोही देखेको उक्त क्षेत्रका मणिराम चौधरीले बताए। उनले यसबारे स्थानीयलाई जानकारी गराए। गोही नदीमा पौडी खेलिरहेको देखेपछि स्थानीयवासी दौडधुपमा आएका थिए। उनले तुरुन्तै बीडीओ कार्यालय, हबीबपुर थाना र वन विभागलाई जानकारी गराएका थिए। खबर पाएलगत्तै प्रहरी, प्रशासनिक अधिकारी र वन विभागका कर्मचारीहरु घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएका थिए।

प्रशासनिक अधिकारीहरूले गाउँले र माछा मार्नेहरूलाई खोलामा कोही पनि पस्न नदिन चेतावनी दिएका छन्। गोही समात्नुका साथै हबिबपुर थानाबाट माइकिङ गरेर मानिसहरूलाई सचेत गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement