अलिपुरद्वार: बिहीबार, कालचिनी ब्लकको कलकुट बस्ती क्षेत्रमा एक व्यक्तिको झुण्डिएको शव भेटिएपछि सम्पूर्ण क्षेत्रमा हलचल मच्चियो। स्थानीयवासीका अनुसार सो क्षेत्रका ३५ वर्षीय मालु असुर आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए। तत्कालै उनलाई तल झारेर लताबारी ग्रामीण अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। कालचिनी प्रहरी चौकीले शव बरामद गरी पोष्टमार्टमका लागि पठाएको छ।









