सडक छेउमा उभिएकी महिलालाई कारले ठक्कर दिँदा अस्पताल भर्ना

IMG_20221124_163049.jpg

अलिपुरद्वार: कारले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छन्। घटना बिहीबार कालचिनी ब्लकको उत्तर मेन्दबारी क्षेत्रमा भएको हो। जानकारी अनुसार उत्तर मेन्दाबादी खरिया बस्ती निवासी सुकमणी खरिया आज बिहान सडक छेउमा उभिएकी थिइन्, तिब्र गतिमा आएको कारले उनलाई ठक्कर दिएको थियो। घटनाको जानकारी पाएलगत्तै कालचिनी प्रहरी चौकी निम्ती बाहिरबाट प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले कारलाई नियन्त्रणमा लिएर महिलालाई उपचारका लागि कालचिनी उत्तर लताबारी ग्रामीण अस्पताल ल्याएको छ। अस्पताल स्रोतले भने कि महिलाको अवस्था गम्भीर हुँदा उनलाई अलीपुरद्वार जिल्ला अस्पतालमा रिफर गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement