विद्यार्थीहरू पनि बने सहभागी
सिलगढी: सहरमा दिनप्रतिदिन बढ्दै गएको ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न सिलगढी महानगरीय पुलिसले अब चालकहरूलाई अनावश्यक हर्न बजाउन प्रतिबन्ध लगाउने पहल सुरु गरेको छ।सोही क्रममा आज सिलगढी जंक्शनका ट्राफिक गार्डहरूले विद्यालयका विद्यार्थीहरूसँग मिलेर सवारी चालकहरूलाई ट्राफिक नियमको बारेमा सचेतना अभियान चलाए। प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थीले सडकको दुवैतर्फ ‘नो हर्न प्लिज’ नारा लगाएका थिए। ट्राफिक पुलिस अधिकारीहरूले भने कि सिलगढी महानगरीय पुलिसले ‘सेफ ड्राइभ सेभ लाइफ’ कार्यक्रम अन्तर्गत वर्षभरि यस्तो जागरूकता अभियानहरू सञ्चालन गर्दछ।यसै क्रममा आज सवारी चालकहरुलाई सचेत गराइएको हो। यहाँ विद्यार्थी पनि कार्यक्रममा सहभागी भएर निकै खुसी छन्। प्रहरी स्रोतका अनुसार अनावश्यक रूपमा हङकिङ गरेमा जरिवानाको व्यवस्था पनि छ। सवारी चालकलाई सचेत गराउन विभिन्न कार्यक्रम गरिँदैछ।









