सिलगढी: सिलगढीमा सडक दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ। बालकको मृत्यु भएपछि घटनाको विरोधमा आक्रोशित भीडले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन्। बाँसबारी कुटिमिलका गुलाब राईका ७ वर्षीय छोराको आज बिहान स्कुलबाट घर लैजाँदै गर्दा दुर्घटनामा मृत्यु भएको छ। सो घटनापछि आक्रोशित भीडले जबरभिटाको भीआइपी सडक अवरुद्ध गर्नुका साथै विरोध प्रदर्शन गरेको थियो। घटनाको जानकारी पाएर एनजेपी प्रहरी चौकीका आईसी पार्थसारथी दाससहितको ठूलो प्रहरी टोली घटनास्थलमा पुगेर आक्रोशित स्थानीयलाई शान्त गराएको थियो।









