जलपाईगुडी: सिक्किम विश्वविद्यालयमा अध्ययनरत सबनम भुजेलले यसपाली स्नातकोत्तर (एम.ए. २०२०) हिन्दी बिषयमा स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त गरेकी जानकारी प्राप्त भएको छ। सबनम भुजेल जलपाईगुडी जिल्लाको च्याङमारी चियाकमानकी वासिन्दा हुन्। उनको पिता सुरेश भुजेल र माता शोभा भुजेल हुन्। उनीहरुकी छोरी सबनम भुजेल हाल सिक्किम विश्वविद्यालयबाट विद्यावारिधी (पिएचडी ) गरिरहेकी छन्। उनले युजिसी नेट २०२२ र एसएलइटी २०२२ जस्ता कठिनाईपूर्ण परीक्षा पनि उतीर्ण गरिसकेकी छन्।

उनी जस्तै कठिन परिस्थितिमा पनि आफ्नो सङ्घर्षलाई निरन्तरता दिने एकजना असल विद्यार्थी साथै शोधार्थी हुन्। सबनमको यो सफलताले अन्यहरुमा प्रेरणा दिने कुरोमा हामी विश्वस्त छौं।









