२३ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको पहिलो म्याचमा पाल्देन सेभेनले तोकलांग एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सोयब थापाले गोल गरे। यसरी नै दोस्रो म्याचमा नीज गाउँ युथ क्लबले स्कूल डाँड़ालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दावा तामाङले गोल गरे। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।