मारामार एफसी फाइनलमा

IMG-20221124-WA0002.jpg

२३ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा मारामार एफसी-ले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा बुधवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा मारामार एफसी-ले शुभम सेभेनलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। मारामार एफसी-का फरवर्ड खेलाड़ी करण राईलाई प्लेयर अफ द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको फाइनल २७ नोभेम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *