रेशमको विकास र कार्यान्वयनमाथि राज्यस्तरीय कार्यशाला आयोजित

IMG-20221123-WA0220.jpg

गान्तोक: रेशम समग्र-२ अन्तर्गत सिक्किममा रेशमको एकीकृत विकासको कार्यान्वयनको लागि राज्य-स्तरीय कार्यशाला रेशम, वन र पर्यावरण विभाग, सिक्किम सरकारको केन्द्रीय रेशम बोर्डको सहयोगमा हिजो आयोजना गरिएको थियो। कार्यक्रममा वन विभाग मन्त्री कर्मा लोडे भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

आफ्नो सम्बोधनमा मुख्य अतिथि भोटियाले यस प्रकारको कार्य गरेकोमा उनले विभागका अधिकारीहरुको प्रशंसा गरे। लाभग्राहीहरूले गरेको कामको प्रशंसा गर्दै उनले किसानहरूको लागि यस प्रकारको कार्यक्रमले धेरै लाभ पुग्न सक्ने सम्भावना व्यक्त गरे।यसका साथै उनले राज्यमा रेशम खेतीको परिणामको पनि खुलेर प्रशंसा गरे।

सिल्क समग्र २ केन्द्रीय प्रायोजित योजना अन्तर्गत सरकारले तोकेका सुविधालाई सबले स्वागत जनाउनु पर्ने विषयमा उनले जोड दिए। यस कार्यक्रम अन्तर्गत मुख्य अतिथिले सात जनालाई १० हजार नगद प्रदान गर्ने घोषणा गरे। उनले राज्यको रेशम खेतीको विकासमा निरन्तर सहयोग र मार्गदर्शनको लागि भारत सरकारको बस्त्र मन्त्रालय, केन्द्रीय सिल्क बोर्डलाई आग्रह गरे।

उनले राज्यमा रेशमको विकासमा योगदान पुर्‍याउने सेवानिवृत्त सरकारी अधिकारीहरूले खेलेको भूमिकालाई विशेष रूपमा उल्लेख गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *