डीबी तिवारी कृत ‘लामो अनुभव छोटो भविष्य’ पुस्तक विधिवत लोकार्पित

IMG-20221123-WA0221.jpg

सदाम। गत आइतबारको दिन सदामस्थित सामाजिक संस्था शुक्रबारे सदाम अवस्थित मखमली परिवार सदामको आयोजनमा पूर्व शिक्षक दिलबहादुर तिवारीको वास भवनमा उनकी श्रीमती बालकुमारी तिवारीको वार्षिकीमा ‘लामो अनुभव छोटो भविष्य’ नामक जीवन संस्मरण पुस्तकको विधिवत सार्वजनिकीकरण गरियो।
उक्त पुस्तक विमोचन समारोहमा वर्तमान क्षेत्र विधायिका फरवन्ती तामाङको विशेष उपस्थिति रहेको थियो। समारोहमा पूर्व मन्त्री गर्जमान गुरुङ मुख्य अतिथिको आसनमा थिए भने वरिष्ठ पत्रकार एवं स्थापित साहित्यकार अर्जुन पीयूष विशिष्ट अतिथिको आसनमा विराजमान थिए। यसै क्रममा समारोहको शोभ बढाउनका निम्ति समाज चिन्तक प्रेम कार्की तथा वरिष्ठ शिक्षक विद्यापति ढुङ्गेलको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि गर्जमान गुरुङले लेखक दिलबहादुर तिवारी आफ्ना शिक्षक रहेको उल्लेख गर्दै उनैले आफूलाई कान पक्रेर स्कूल ल्याई नपढाएका भए आफू आज यो स्थानमा उभिन नसक्ने कुरा स्पष्ट प्रकाश पारे। यसका साथै उनले प्रकाशित पुस्तकको सन्दर्भलाई उठान गर्दै आउँदो भावी पीढीका निम्ति यो संस्मरणात्मक पुस्तक एउटा मार्गदर्शन बनिने कुरा व्यक्त गरे।
यसै क्रममा अर्जुन पीयूषले तिवारीले लेखेको पुस्तक एक दस्तावेजको रूपमा उभिएको अनि यो पुस्तकले सदामलाई मात्र प्रतिनिधित्व नगरेर सम्पूर्ण सिक्किमेली समाजको पुरानो इतिहास अङ्कित भएको कुरा प्रकाश पारे। कार्यक्रमलाई सम्बोधन गर्दै लेखक दिलबहादुर तिवारीले सम्बोधन गर्दै आफूले भन्नुपर्ने सम्पूर्ण कुराहरू पुस्तकमा उल्लेख गरेको बताउँदै पुस्तक राम्रो नराम्रो जे पनि हुनसक्छ तर हामी इतिहासको धरातलमा उभिएर वर्तमानलाई सुधार्नपट्टि लाग्नुपर्ने उनले बताए।
कार्यक्रममा दिवंगत बालकुमारी तिवारीलाई आत्मीयताका साथ स्मरण गरियो भने कार्यक्रमलाई मखमली परिवार सदामका अध्यक्ष विनोद गुरुङले निकै रोचकताका साथ सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *