राज्यस्तरीय कला उत्सव भव्यरूपमा पालन

IMG-20221123-WA0218.jpg

गान्तोक: राज्य परियोजना कार्यालय समग्र शिक्षा विभाग र सिक्किम सरकारको संयुक्त पहलमा हिजो राज्य स्तरीय कला उत्सव कार्यक्रम सर टाशी नामग्याल उच्चत्तर माध्यमिक विद्यालको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रममा सिक्किम शिक्षा मन्त्री कुंगा निमा लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस उत्सवमा राज्यका ४२ विद्यालयका ८२ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले जनवरी २०२३ मा भुवनेश्वर, ओडिसामा आयोजना हुने राष्ट्रिय स्तरको कलात्मक प्रतिभा प्रदर्शनीको प्रतियोगितामा भाग लिनेछन्। मन्त्री कुङ्गा निमा लेप्चाले कार्यक्रममा सहभागी विद्यार्थीहरूको प्रशंसा गरे। उनले विद्यार्थीका लागि यस्तो गौरवपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिको पनि प्रशंसा गरे। यस कार्यक्रम विद्यार्थीहरुका लागि कला प्रतिभा प्रस्फुटन गर्ने अवसर भएको बताए। कला उत्सवले विद्यार्थीहरूलाई विद्यालयहरूमा सांस्कृतिक विविधता बुझ्न र मनाउन प्रोत्साहित गर्ने अवगत गराए।यसले विद्यार्थीहरूमा चेतना फैलाउने मात्र होइन, भारतको समृद्ध सांस्कृतिक परम्परा र विभिन्न सरोकारवालाहरूका बीचमा तिनीहरूको अभ्यासको बारेमा पनि चेतना जगाउने जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement