एक महिला बनिन् यौन दुष्कर्मको शिकार

Rape-Representational-Image-1-1

गान्तोक: मंगन जिल्ला निवासी एक महिलासँग यौन दुष्कर्म गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना हिजो साँझको रहेको बताइएको छ। घटनाक्रम अनुसार पीडिता विवाह समारो तयारीलाई लिएर छिमेकीको घर गएकी थिइन्। तर उनी राति एक बजी घर फर्किए पछि घटनाको विवरण उनले बताइन्। पीडिताको भनाइ अनुसार उनी विवाहको काम सकेर फर्किने क्रममा एक जनाले घरमा पुऱ्याउने वहानमा बनाएर पुरानो अस्पतालको क्वाटरमा लगेका थिए। त्यस समयमा पीडिताले केही मदिरा सेवन गरेको पनि उनी स्वयंले जानकारी गराएकी छन्। उनलाई अस्पतालको पुरानो क्वाटरमा लगेर दुष्कर्म गरेको बताएकी छन्। उक्त स्थानमा अर्को व्यक्ति पनि रहेको र उसले पनि दुष्कर्म गर्ने प्रयास गरेका थिए तर पीडिताले आरोपीको औंला टोकेपछि त्यहाँबाट भागेर आएकी थिइन्। यसबारेमा पुलिसले आरोपीविरूद्ध आइपीसीको धारा 376 अन्तर्गत मुद्दा दर्ता गरेको छ भने हालसम्म आरोपी पुलिसको हातमा पर्न नसकेको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *