गेजिङ: आज निक्षय मित्रमाथि आयोजित बैठकको अध्यक्षता गेजिङकी जिल्लापालले गरिन्। यस बैठकमा गेजिङका सीएमओ डा. विकास प्रधान, जिल्ला क्षयरोग अधिकारी एस. राई, माइक्रोल्याबका प्रतिनिधिहरू, एनजीओका प्रतिनिधिहरू आदिको विशेष उपस्थित रहेको थियो।जिल्लापालले फुड प्याकेटहरू बिरामीहरूलाई प्रदान गर्न समन्वय राखेर काम गर्न निर्देश दिइन्। यसै गरी, उनले यस सम्बन्धमा प्रगतिबारे नियमित रूपमा रिपोर्ट बुझाउन लगाइन्। उनले एनजीओहरूलाई डेलिभरी एजेन्टको रूपमा मात्र काम नगरेर बिरामीहरूलाई पोषक तत्व ग्रहण गर्नु पर्ने सम्बन्धमा जागरूक गर्न आह्वान गरिन्। उनले कुनै पनि गाउॅंको स्वास्थ्यले नै जिल्लाको स्वास्थ्य स्थितिलाई निर्धारण गर्छ भनी बताइन्।











