सोरेङ: आज सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाललाई उनको कार्यालयमा सोरेङ जिल्लाकी नवनिर्वाचित जिल्ला पन्चायत अध्यक्षा तिलादेवी गुरुङले भेट गरिन्। जिल्ला अध्यक्ष गुरूङलाई जिल्लापाल ठटालले स्वागत जनाए।यस भेट अवधि जिल्लाका विभिन्न विषयहरूमाथि चर्चा गरियो जसमा जिल्ला कार्यालयको निर्माण पनि सामेल थियो। जिल्लापालले जिल्ला कार्यालयको निर्माण कार्य पूरा गर्न प्रशासनको तर्फबाट हर सम्भव सहयोगको आश्वासन दिए।