फीफा वर्ल्ड कपः जर्मनी विरुद्ध जापानको यादगार जीत

photocollage_20221123211134210.jpg

२३ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-मा अझ एउटा उलटफेर देख्न पाइयो। बुधवार खेलिएको ग्रुप ई-को म्याचमा जापानले जर्मनीलाई २-१-ले पराजित गऱ्यो। कतरमा जारी वर्ल्ड कपमा यो दोस्रो ठूलो उलटफेर हो। खलिफा इण्टरनेशनल स्टेडियममा केवल २६ प्रतिशत पोजेशनको साथ खेल्ने जापान लगभग अन्तिम समयसम्म १ गोलले पछि रहेको थियो। अनुभवी इल्के गुण्डोगनले ३३औं मिनटमा जर्मनीलाई बढ़त दिलाए तर जापानले पनि अन्तिम १५ मिनटमा समस्त हिसाब उल्टा गऱ्यो। रित्सु डोआनले ७५औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि टाकुमा एसानोले ८३औं मिनटमा अझ एक गोलको साथ जर्मनीको चुनौतीलाई समाप्त गरे। वर्ल्ड कप २०२२-मा यसअघि अर्जेण्टिनालाई सऊदी अरबले २-१-ले पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement