२३ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो म्याचमा समलबुंग (नेपाल)-ले पाइनहल एकाडमीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निशानले पहिलो अनि कुशलले ३६औं मिनटमा गोल गरे। यसरी नै पाइनहल एकाडमीबाट प्रजीतले ३२औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा गढ़ी स्पोर्टिंगले नेपाल एफसी-लाई टाई ब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा नेपाल एफसी-बाट मनीषले १६औं मिनटमा गोल गरे। यसरी नै गढ़ी स्पोर्टिंगबाट दीपकले ५०औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।