१ जूनः रातो माटोको बादशाह रफायल नडालले रोलाँ ग्यारोमा आफ्नो राजत्व फेरि एकपल्ट साबित गर्दै गत च्याम्पियन तथा विश्वका नम्बर एक खेलाड़ी नोवाक जोकोविचलाई पराजित गरी फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको पुरुष एकल सेमिफाइनलमा प्रवेश गरे। स्पेनिश स्टार नडालले शीर्ष वरीयता प्राप्त सर्बियाका जोकोविचलाई लगभग चार घण्टासम्म चलेको म्याचमा ६-२, ४-६, ६-२, ७-६-ले पराजित गरे। यस जीतको साथै उनले फ्रेञ्च ओपनमा रेकर्ड १४औं र समग्रमा २२औं ग्राण्ड स्ल्याम खिताब जित्ने दिशामा कदम बढ़ाए। म्याच जितेपछि नडालले भने, जोकोविच विरुद्ध म्याच जित्ने एउटै तरिका छ, म्याचको शुरुदेखि अन्तसम्म आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नु। यो मेरो निम्ति निम्ति एउटा चमत्कारी रात थियो। शुक्रवार ३६ वर्षका हुन गइरहेका नडालको सेमिफाइनलमा तेस्रो वरीयता प्राप्त अलेक्जेण्डर ज्वेरेवसँग जम्काभेट हुनेछ।
नडाल र जोकोविचबीच यो ५९औं म्याच थियो अनि ओपन युगमा कुनै पनि दुईजना खेलाड़ीले एकार्का विरुद्ध यति धेर म्याच खेलेका छैनन्। यसमा जोकोविचले ३० वटा अनि नडालले २९ वटा म्याच जितेका छन्। यसबीच फ्रेञ्च ओपनमा चाहिँ नडाल धेरै अघि रहेका छन्। सालको दोस्रो ग्राण्ड स्ल्याममा नडालले जोकोविचलाई आठवटा म्याचमा पराजित गरेका छन् अनि दुईवटा चाहिँ हारेका छन्। यस म्याचपछि नडालको रोलाँ ग्यारोमा जीत-हारको रेकर्ड ११०-३ पुग्यो। गत वर्ष जोकोविचले नै उनलाई सेमिफाइनलमा पराजित गरेका थिए। यसरी नै अन्य एउटा क्वार्टर फाइनलमा जर्मनीका ज्वेरेवले स्पेनका उदीयमान खेलाड़ी कार्लोस अल्काराजलाई ६-४, ६-४, ४-६, ७-६-ले पराजित गऱ्यो।
महिला एकल वर्गमा चाहिँ अमेरिकाकी कोको गफ र इटलीकी मार्तिना ट्रेविजान पहिलोपल्ट ग्राण्ड स्ल्याम सेमिफाइनलमा पुगिन्। अमेरिकाकी १८ वर्षीय गफले २०१७-की च्याम्पियन तथा २०१८-मा उपविजेता रहने स्लोएन स्टीफेन्सलाई ७-५, ६-२-ले पराजित गरिन्। यसरी नै ५९औं ऱ्यांकिंग भएकी २८ वर्षीय मार्तिनाले अमेरिकी ओपनमा उपविजेता रहने लैला फर्नाण्डिज विरुद्ध ६-२, ६-७, ६-३-ले जीत दर्ता गरिन्।