वाहन दुर्घटनामा एकको मृत्यु, तीन घाइते

call-sign-accident-work-62750395.jpg

गान्तोक: राजधानी छेउ फेनेङ्गलास्थित मन्दिर डॉंड़ामा वाहन दुर्घटना भएको छ। यस वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पुलिस रिपोर्ट अनुसार, हिजो टाशी भ्यू पोइन्ट र काबि मार्ग अन्तर्गत फेनेङ्गला, मन्दिर डॉंड़ामा वाहन दुर्घटना भएको थियो भने वाहन चालकको घटनास्थलमा मृत्यु भएको थियो। यस दुर्घटनामा मृतकको नाम चन्द्रकुमार प्रधान रहेको बताइएको छ। वाहन सडकदेखि लगभग 300 फुट तल झरेको छ।दुर्घटनामा तीन जना घाइते भए। घाइतेहरूलाई एसटीएनएम अस्पतालमा भर्ती गरियो। तीन जना मध्ये एक घाइतेलाई प्राथमिक उपचारपछि छुट्टी दिइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement