सिलगढी: सिलगढी नगर निगमको वार्ड नम्बर – १८ को खुदीराम कलोनीमा केहओ दिन अघि आगलागीको घटना भएको थियो। यस आगलागीमा धनमालको धेरै क्षति भएको थियो।यस आगलागीमा प्रभावित बनेका विद्यार्थीहरूमा सिलगढी बोइज हाई स्कुलका छात्रहरू पनि सामेल छन्। ती विद्यार्थीहरूको सहयोगको लागि स्कुल प्रशासनले सहायताको हात बढ़ाएको छ। गत शनिवार खुदीराम कलोनीमा आगो लाग्दा यस इलाकाको विद्यार्थीहरूको पनि घर जलेर भष्म भएको थियो, जसमा तिनीहरूको खाता- किताब लगायत आवश्यक शिक्षण सामग्रीहरू जलेको थियो। तिनीहरू मध्ये १० जना छात्र सिलगढी बोइज हाई स्कूलका थिए। तिनीहरूलाई आज सिलगढी नगरनिगमका मेयर गौतम देवले स्कुल प्रशासनको सहयोगमा खाता -किताब, स्कुल ब्याग अनि यूनिफर्म प्रदान गरे। यसैगरी, भोलीदेखि सबै विद्यार्थीहरूलाई मध्याह्न भोजनको व्यवस्था पनि स्कुलमा नै गरिएको छ। स्कुलका प्रधानाध्यापक उत्पल दत्तले भने, आज स्कुलका दुईजना शिक्षक अनि एकजना एमसी सदस्यले पनि विद्यार्थीहरूको लागि केही आर्थिक अनुदान प्रदान गरेका छन्।