नयाँ राज्यपालको रूपमा डा. सीवी आनन्द बोसले आज शपत लिए

0324ba66-f889-4fbc-9e55-55b5a6f9b443

कोलकता- पश्चिम बङ्गालका नयाँ राज्यपालको रूपमा डा. सीवी आनन्द बोसले बुधवार बिहान शपत लिए। राजभवनमा कलकत्ता हाई कोर्टका मुख्य न्यायाधीश न्यायमूर्ति प्रकाश श्रीवास्तवले तिनलाई पद तथा गोपनीयताको शपत दिलाए। कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जी राज्य सरकारका मन्त्री र विधायकहरू पूर्व राज्यपाल गोपाल कृष्ण गान्धी आदि उपस्थित थिए। शपत ग्रहणपछि राज्यपालले मुख्यमन्त्री ब्यानर्जी राज्य सरकारका मन्त्रीहरू माकपा कांग्रेसका नेताहरूसॅंग भेट गरे। मुख्यमन्त्रीले उनलाई नीलो हांडीको रसगुल्ला उपहारको रूपमा प्रदान गरिन् र सरकारले उनको साथमा राम्रो तालमेल बनाएर काम गर्ने आश्वस्त गरिन्।

नेता प्रतिपक्ष शुभेन्दु अधिकारी शपत ग्रहण समारोहमा उपस्थित भएनन् जसलाई लिएर विभिन्न अडकलहरू लगाउन शुरू भएको छ। एक दिनअघि उनले शपत ग्रहण समारोहमा जाने बताएका थिए। तर बुधवार बिहान एकपछि अर्को ट्वीट गर्दै उनले भाजपा छाड़ेर तृणमूल कांग्रेसमा सामेल हुने कृष्णा कल्याणी र विश्वजीत कुण्डूसॅंग बस्ने व्यवस्था गरिएको थियो, यस कारण कार्यक्रममा नजाने कुरा उल्लेख गरेका छन्।

आनन्द बोस भारतीय प्रशासनिक सेवाको १९७७ ब्याचको केरला क्याडरका सेवानिवृत्त अधिकारी हुन्। राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई १७ नोभेम्बरमा पश्चिम बंगालको नयॉं राज्यपालको रूपमा नामित गरेकी थिइन्। वर्ष २०११ मा सेवानिवृत्तिपछि आनन्द बोस कोलकातमा राष्ट्रिय संग्रहालयका प्रशासकको रूपमा काम गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement