२३ नोभेम्बरः दरमदिन खेलकुद संघ (डी.के.के.एस.), सिक्किमको तत्त्वावधानमा आयोजित मिनिस्टर्स गोल्ड कप इन्भिटेशनल फूटबल टुर्नामेण्ट (दोस्रो संस्करण)-मा कालेबुङको युनाइटेड ब्रदर्स च्याम्पियन भयो। सोमबारिया स्कूल खेल मैदानमा बुधवार खेलिएको फाइनल म्याचमा युनाइटेड ब्रदर्सले सिंगलिंग स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट बसन्त राई र सुनिल सार्कीले १-१ गोल गरे। विजेता टीमका बसन्त राईलाई प्लेयर अव् द म्याच चयन गरियो।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर-अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।