सिलगढ़ी प्रीमियर लीगः देशबन्धु स्पोर्टिंग यूनियन सजिलै विजयी

IMG-20221123-WA0184.jpg

२३ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा देशबन्धु स्पोर्टिंग यूनियन (डीएसयू)-ले सजिलै जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा बुधवार भएको म्याचमा देशबन्धु स्पोर्टिंग यूनियनले सिलगढ़ी उल्का क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा जोनुम मावियाले पाँचौं, सनातन कर्मकारले ४५औं, सुरज रसाईलीले ५६औं र सौरभ तामाङले ७२औं मिनटमा गोल गरे। सिलगढ़ी उल्का क्लबले दोस्रो हाफमा पेनल्टीबाट गोल गर्ने मौका गुमायो। विजेता टीमका सनातन कर्मकारलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने म्याचमा बान्धव संघ र बिधान स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement