२३ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा बुधवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। माझीधुरा खेल मैदानमा भएको चरम रोमाञ्चक म्याचमा तरुण खेलकुद संघ (दार्जीलिङ)-ले मानेभञ्ज्यांग फूटबल क्लबलाई टाईब्रेकरमा ८-७-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। बिहीवार खेलिने पहिलो सेमिफाइनलमा युनाइटेड रंगबूल फूटबल क्लब र स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा डिग्री कलेज (सुकिया)-बीच भिड़न्त हुनेछ।यसरी नै शुक्रवार दोस्रो सेमिफाइनल तरुण खेलकुद संघ र चुंगथुंग एफसी-बीच खेलिनेछ।

यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।