अनित थापाहरूले नगरपार्षदहरूलाई लाखौ रूपियाँ र फ्लैटको प्रलोभन देखाउँदै दानपाको बोर्ड भत्काउँने प्रयास गर्दैछ: अजय एडवार्डस

1668221755_ajoy-anit.jpg

दार्जीलिङ: अनित थापा र उनको ठेकादारहरूले रूपियाँ पैसा अनि सिलगढीमा फ्लैट दिने नगरपार्षदहरूलाई प्रलोभन देखाउँदै दार्जीलिङ नगरपालिकाको बोर्ड भत्काउँने प्रयास गरी रहेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आरोप लगाएको छ। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीले बोर्ड गठन गरेको छ। हाम्रो पार्टीले पूर्व घोषणा अनुरूप दार्जीलिङ शहरलाई साफ सफाई राख्ने दिशामा लागि परेको छ। यसको साथै पूर्व घोषणा अनुरूप हाम्रो पार्टीको बोर्डले अबैद्य निर्माणहरू विरूद्व कार्यवाही पनि शुरू गरी सकेको छ तर जहिलेदेखि हाम्रो पार्टीको बोर्डले अबैद्य निर्माणहरू विरूद्व कार्यवाही चलाउँन शुरू गरयो। तबदेखि नै दार्जीलिङ नगरपालिकाको बोर्डलाई तोडने षडयन्त्र शुरू भएको हो भन्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डसले आरोप लगाए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चीफ अनित थापा अनि उनको ठेकादारहरूले नगरपार्षदहरूलाई लाखौ रूपियाँ र सिलगढीमा फ्लैटको प्रलोभन देखाउँदै दार्जीलिङ नगरपालिकाको बोर्ड भत्काउँने प्रयासमा लागि परेको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले पूनः आरोप लगाएको छ। दार्जीलिङ नगरपालिकामा निर्वाचित भएका नगरपार्षद एंव नगरपाषर्दिकाहरू आर्थिक रूपमा कम्जोर छन तर उनीहरू दार्जीलिङ शहरको निम्ति केही गर्ने संकल्प लिएर आएकाहरू छन। निर्वाचित निर्वाचित नगरपार्षद एंव नगरपाषर्दिकाहरूप्रति मेरो आस्था र भरोसा छ, चूनाव अवधि गरेका वाचाहरू हामी मिलेर पाँच बर्षको कार्यकाल अवधि पूरा गरेर देखाउने छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement