निर्माण हुने भयो साउथ फिल्ड कलेजका छात्राहरुको लागि छात्रावास

IMG_20221123_162307.jpg

दार्जीलिङ: अनित थापा जी टी ए प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ सदरमा स्थीत साउथ फिल्ड कलेजको भ्रमण गरे। उनको भ्रमण कलेजका प्रधान अध्यापिका डा. अनुराधा राईको निमन्त्रणामा भएको थियो।भ्रमण समय थापाले कलेजको पुर्वाधारहरूको निरीक्षण गरे अनि प्राध्यापकहरु संग भेटघाट गरे। भेटघाट समय डा. अनुराधा राईले जी टी ए चिफलाई चार बुँदे मांग राखे। मांगहरु सुने पछि अनित थापाले भने छात्राहरुको लागि छात्रावास भने तयार गरिदिने बताउदै उनले सम्बन्धित इन्जिनियरलाई फोन गरेर प्रधान अध्यापिकालाई भेट गरेर भवन निर्माणको पहल सुरु गर्ने निर्देश पनि दिए। डा. राईले आफ्ना सहपाठीहरु डायनामिक रहेको बताए। डा. राईले जानकारी दिए अनुसार जलपाईगुडीमा आयोजित युवा संसदमा (Youth Parliament) कलेजका छात्राहरुले भाग लिएका थिए। अब ती छात्राहरु राज्य स्तरमा आयोजना हुने युवा संसदमा भाग लिनु जानेछन्। छात्राहरूको यातायातको व्यवस्था जीटीएले गरेका थिए। साउथ फिल्ड कलेजलाई लोरेटो कलेजको नामले चिनिने गर्थ्यो। लरेटो कलेज, क्याथोलिक धर्म समाजी लरेटो सिस्टरहरूले सञ्चालन गर्ने गर्थ्यो। कलेजका अन्तिम प्रधान अध्यापिका सिस्टर डेमियन थिए। लरेटो सिस्टरहरुले सञ्चालन गर्ने अर्को प्रख्यात विद्यालय हो लरेटो कन्भेन्ट। दार्जीलिङ सदरको एकमात्र महिला कलेज साउथ फिल्ड कलेज हो। अनित थापाको भ्रमण समय उनको मुख्य सल्लाहकार अमर लामा पनि साथमा थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement