२३ नोभेम्बरः नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आउँदो २६ नोभेम्बरदेखि आयोजन गरिने सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी गरिएको छ। सोरेंग फूटबल ग्राउण्डमा हुने यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा यूनिटी बोइज (सोमबारे) र सात माईल, कालेबुङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल आउँदो वर्ष २१ र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।