२३ नोभेम्बरः पोर्तुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले आपसी सम्झौतामा ईंग्लिश प्रीमियर लीगको क्लब म्यानचेष्टर युनाइटेड छोड़्ने फसेला गरेका छन्। यो सब रोनाल्डोको विस्फोट इण्टरभ्यू-पछि भयो, जसमा उनले पियर्स मोर्गनलाई क्लबमा उनलाई धोका भएको बयान दिएका थिए। इण्टरभ्यू-मा रोनाल्डोले धेरै मुद्दाहरूमा क्लबको खुलेर आलोचना गरेका थिए। यसको साथमा उनको क्लबका केही अधिकारीहरू उनलाई जबरजस्ती बाहिर गर्ने प्रयासमा रहेको आरोप लगाएका थिए। एउटा टेलिभिजन इण्टरभ्यू-पछि पोर्तुगलका दिग्गज फूटबलरलाई ओल्ड ट्रेफर्डबाट बाहिर निस्किदै गरेको देखाइएको थियो। इण्टरभ्यू-मा रोनाल्डोले उनलाई क्लबमा विश्वासघात भएको अनुभव भएको अनि उनको मनमा प्रशिक्षक एरिक टेन हेगको निम्ति कुनै सम्मान नरहेको दावी गरेका थिए। म्यानचेष्टर युनाइटेडले पनि रोनाल्डोलाई ओल्ड ट्रेफर्डमा योगदानको निम्ति धन्यवाद दिएको छ। उनले क्लबको निम्ति ३४६ वटा म्याचमा १४५ गोल गरे।
त्यसपछि रोनाल्डोले पनि एउटा बयान जारी गरे। उनले भने, म्यानचेष्टर युनाइटेडसँग बातचीतपछि हामी आफ्नो अनुबन्धलाई चाँड़ै समाप्त गर्नको निम्ति आपसी सम्झौताद्वारा सहमत भयौं। म म्यानचेष्टर युनाइटेड र यहाँ आफ्ना प्रशंसकहरूलाई माया गर्छु। यो कहिले बद्लिने छैन। मेरो विचारमा नयाँ चुनौतीको खोज गर्ने यो मेरो निम्ति सही समय हो। म टीमलाई रहल सीजन अनि भविष्यमा हरेक सफलताको कामना गर्दछु। उल्लेखनीय छ, म्यानचेष्टर युनाइटेडमा यो रोनाल्डोको दोस्रो कार्यकाल थियो, जुन २०२१-२२-को सीजनमा इटलीको क्लब युभेण्टसबाट अलग भएपछि शुरु भएको थियो। रोनाल्डोले पहिलोपल्ट २००९-मा म्यानचेष्टर युनाइटेडबाट अलग भएर रियल म्याड्रिडमा जाने फसेला गरेका थिए। रोनाल्डोले स्पेनको क्लबमा करियरको ९ साल बिताए। ओल्ड ट्रेफर्डमा फर्किन अघि उनले युभेण्टसमा तीन साल बिताए। रोनाल्डोका एजेण्ट जर्ज मेण्डेसले अहिले धेरैवटा क्लबसँग कुराकानी गरिरहेका छन् तर ३७ वर्षीय रोनाल्डो कुन क्लबमा जानेछन् भन्ने चाहिँ अहिलेसम्म तय भएको छैन।