मुम्बई: प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्कीपूर्ण सातवटा मेसेज मुम्बई ट्राफिक पुलिसको हेल्पलाइनमा आएको छ। यसमा एउटा भिडियो टेप पनि छ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदलाई कुख्यात ग्याङ्गस्टर दाऊद इब्राहिमका दुई व्यक्तिले मार्ने दाबी गरिएको छ। उक्त व्यक्तिहरूको मस्तफा अहमद र नवाज बताइएको छ। उक्त म्यासेजपछि मुम्बई पुलिसले एउटा जॉंच टीम बनाएर जॉंच शुरू गरेको छ।
पुलिस सूत्रहरू अनुसार ट्राफिक पुलिस हेल्पलाइनलाई सोमवार अबेर राति प्राप्त भएको सबै म्यासेज हिन्दीमा छ। यसमा सुप्रभात बेजको आधार कार्ड फोटो, केरला पुलिसबाट सम्बन्धित फोटो पनि पठाइएको छ। म्यासेज आएपछि सबै सिस्टमलाई अलर्ट गरिएको छ। म्यासेज ट्रेस गरेपछि मुम्बई पुलिसको टीमले एउटा हीरा कम्पनीका म्यानेजरसॅंग एक संदिग्ध व्यक्तिको विषयमा सोधपुछ गरे। तर, म्यानेजरले उक्त व्यक्तिलाई कामबाट निकालिदिएको जानकारी दिए। यस विषयमा मुम्बई पुलिसले जॉंच गरिरहेको छ। यस अघि मुम्बई पुलिसको ट्राफिक कण्ट्रोल सेललाई पाकिस्तानको एउटा नम्बरबाट मुम्बईमा २६/११ जस्तै आतङ्की हमलाको धम्कीपूर्ण म्यासेज आएको थियो। त्यसपछि, मुम्बई ट्राफिक पुलिसको कण्ट्रोल रूपमा एउटा अज्ञात नम्बरबाट म्यासेज आएको थियो। कल ट्रेस गर्दा उक्त सन्देश सोमालियाको एउटा मोबाइल नम्बरबाट आएको थाहा लाग्यो।









