गान्तोक: राज्यका तीन जना विद्यार्थीले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेट गर्नेहरूमा रोमिना शंकर, अदित्य छेत्री र अर्पिता गिरी सामेल रहेका छन्। विशेष गरेर यी तीनै जना एमबीबीएसको निम्ति उतीर्ण भएका छन्, तर आर्थिक कमजोरीको कारण एमबीबीएस पढन नसक्ने भएपछि मुख्यमन्त्री समक्ष सहयोगका निम्ति पुगेका थिए। यस अवसरमा मुख्यमन्त्री तामाङले उनीहरूलाई आर्थिक सहयोग प्रदान गर्दै उज्जवल भविष्यको कामना गरेका छन्। उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले यसभन्दा अघि पनि डाक्टर पढन चाहने तर आर्थिक अभावको कारण नसक्ने भएकाहरूलाई आर्थिक सहयोग प्रदान गरेका थिए। एसकेएम पार्टी सरकारमा आएपछि राज्या ५० जना गरिबीरेखा मुनिका नानीहरूले निःशुल्क डाक्टर पढ्ने अवसर पाएका छन्।









