भूमी जोखिम न्यूनीकरण सम्बन्धी दुई दिवसीय आवासीय प्रशिक्षण शुरू

IMG-20221122-WA0333.jpg

पाकिम: रम्फूस्थित माझीटारमा सञ्चालित एसएमआईटीको प्रेक्षागृहमा आज सरकारी अभिन्ताहरूलाई लिएर भूमी जोखिम न्यूनीकरण सम्बन्धी दुई दिवसीय आवासीय प्रशिक्षण कार्यक्रम” शुरू भयो। आजको यस उदघाटन कार्यक्रममा राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य एसएमआईटी विश्वविद्यालयका सिभिल इन्जिनियरहरूलाई सिक्किममा प्राकृतिक प्रकोपबाट उत्पन्न खतराहरू र त्यसलाई रोक्न आवश्यक उपायहरूबारे सचेत गराउनु रहेको थिय। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सिभिल इन्जिनियरहरू र एसएमआईटीका संकाय सदस्यहरूलाई न्यानो अभिवादन दिए। उनले सिक्किममा प्राकृतिक प्रकोपहरू कसरी प्रचलित छन् र सिभिल इन्जिनियरहरूले कसरी त्यस्ता परिस्थितिहरूमा लचिलो हुने पूर्वाधारहरू निर्माण गर्न सक्ने सुझाउ दिए। उनले आगामी २४ दिसम्बरमा मङ्गना आयोजना हुने पैह्रौ न्यूनीकरण र यसको महत्वबारे पनि प्रष्ट पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement