फोर्टिफाइड राइसमाथि जागरूकता एवं प्रदर्शन कार्यक्रम

aks.jpg

नाम्ची: आज नाम्चीमा स्वास्थ्य विभाग अधीनस्थ खाद्य एवं औषधि प्रशासनले फोर्टिफाइड राइसमाथि जागरूकता एवं प्रदर्शन कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा नाम्चीका सीएमओ डा. डीसी शर्मा मुख्य अतिथि थिए। कार्यक्रमलाई सम्बोधित गर्दै मुख्य अतिथि डा. शर्माले मानव शरीरलाई आवश्यक सन्तुलित आहार र अन्य पोषणहरूको महत्वमाथि प्रकाश पारे। उनले पोषक तत्वको कमीका कारण हुने विभिन्न प्रकारका समस्याहरूबारे पनि जानकारी गराए। यस कारण सबैले समग्र पोषक तत्व सेवन सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको उनले बताए।

यसै गरी, खाद्य एवं औषधि प्रशासनका निदेशक डा. यूडोक भोटियाले वर्ष २०२४ सम्म भारत सरकारको कुपोषण रोगहरू निर्मूल पार्ने लक्ष्यबारे जानकारी गराइन्। उनले भारत सरकारद्वारा विभिन्न एजेन्सीहरूसॅंग मिलेर बजारमा फोर्टिफाइड फुड्सको उपलब्धता सुनिश्चित गर्न अपनाएका पहलहरूबारे पनि बताइन्।

उल्लेखनीय छ, राइस फोर्टिफिकेशन कुपोषणको प्रभावशाली ढंगमा रोकथाम गर्न आइरन, फोलिक एसिड र विटामिन बी१२ थप्ने प्रक्रिया हो। भारत सरकारले चामलसॅंगै अन्य चार गहुँ, तेल, दूध र नूनलाई पनि पोषक मूल्य बढाउने मुख्य खानाको रूपमा अनुमोदन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement