गाउँलेहरूद्वारा द्वारे सरकार शिविरमा गाउँमा बिजुली बत्तीको व्यवस्था नभएकोमा गर्यो विरोध प्रदर्शन

IMG_20221122_194228.png

बाघडुग्रा: बाघडुग्राको ब्याङ्गडुबी संलग्न केही गाउँहरूमा बिजुली बत्तीको व्यवस्था अझसम्म पनि छैन। बिजुली बत्ती नभएकोले गर्दा धेरै समस्या गाउँलेहरुले झेल्न परेको छ। जङ्गली जनावरको हमला प्राय नै यस ठाउँमा हुने गर्दछ भने अर्कोतिर गाउँलेहरूलाई जीवन यापन गर्न निक्कै असुविधा भइरहेको छ। यसभन्दा अघि पनि द्वारे सरकारको शिविरमा बिजुली बत्तीको व्यवस्था गरिदिनेबारे आवेदन गरे तापनि हालसम्म कुनै पहल गरिएको छैन। यसको साथै विभिन्न ठाउँमा यसबारे अभियोग गरे तापनि गाउँमा हालसम्म बिजुली बत्ती आएको छैन। अन्ततः गाउँलेहरूले आज बाघडुग्रा सुभमाया सूर्य नारायण हिन्दी हाई स्कुलमा आयोजना गरिएको द्वारे सरकार शिविरमा विक्षोभ प्रदर्शन गरे। द्वारे सरकार शिविरको विद्युत विभागको क्याम्पमा विद्युत अधिकारीहरूले घेराउ गरेर गाउँलेहरूले विक्षोभ प्रदर्शन गरे। गाउँलेहरूको माग अनुसार चाँडै गाउँमा बिजुली बत्तीको व्यवस्था नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने गाउँलेहरूले चेताउनी दिएका छन्। यस विषयमा नक्सलबारी ब्लक कङ्ग्रेस सभापति अमिताभ सरकारले भने, फुटबल झैं एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेकोले गाउँलेहरू विरक्त भएका छन्। अर्कोतिर, बाघडुग्रा विद्युत विभागका अधिकारीले भने, सबै विषयमा जाँच गरिरहेको छ। चाँडै नै उक्त गाउँमा बिजुली बत्तीको व्यवस्था गरिदिनेछ। अप्पर बाघडुग्रा ग्राम पञ्चायत प्रधान सञ्जीव सिन्हाले भने, गाउँलेहरूले विक्षोभ प्रदर्शन गर्नु स्वाभाविक हो। तिनीहरूकोमा पञ्जीकरण नभएकोले चाँडै यसको व्यवस्था गरेर समस्याको समाधान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement