सिलगढ़ी प्रीमियर लीगः विवेकानन्द क्लब र सरोजनी संघबीच म्याच ड्र

IMG-20221122-WA0272.jpg

२२ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा विवेकानन्द क्लब (भीएनसी) र आठेरोखाइ सरोजनी संघबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। कञ्चनजंघा स्टेडियममा मंगलवार भएको म्याचमा इन्द्रजीत छेत्रीले छैटौं मिनटमा भीएनसी-लाई बढ़त दिलाए। त्यसपछि असित हेम्बरमले २६औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। म्याचको दोस्रो हाफमा भीएनसी-ले गोल गर्ने एकाधिक मौका गुमायो। भीएनसी-का विंगर इन्द्रजीत छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने म्याचमा देशबन्धु स्पोर्टिंग यूनियन र सिलगढ़ी उल्का क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement