२२ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-को तेस्रो दिन नै ठूलो उलटफेर भयो। मंगलवार दिउँसो खेलिएको म्याचमा सऊदी अरबले खिताब जित्ने प्रबल दावेदार अर्जेण्टिनालाई २-१-ले पराजित गऱ्यो। लुसैल स्टेडियममा खेलिएको ग्रुप सी-को म्याचमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनालाई लियोनल मेस्सीले पेनल्टीबाट गोल गरी १०औं मिनटमै बढ़त दिलाए पनि सऊदी अरबले हरेस खाएन। दोस्रो हाफको खेलमा सालेह अलशेरीले ४८औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि सालेम अलदावसरीले ५३औं मिनटमा अझ एक गोल गरी सऊदी अरबलाई यादगार जीत दिलाए।










