आगलागी पीडितले नयाँ घर र मुआब्जा पाउँछन्: गौतम देव

IMG_20221122_180630.jpg

सिलगढी: सिलगढीका मेयर गौतम देवले सहरको राना बस्तीमा हालै भएको आगलागीका पीडितहरूलाई नयाँ घर र आर्थिक सहयोगको घोषणा गरेका छन्। मंगलबार घटनास्थलको निरीक्षण गरेपछि मेयर गौतम देवले यस सम्बन्धमा निगमका पदाधिकारीसँग महत्वपूर्ण बैठक गरेका थिए। बैठकपछि उनले आगलागी पीडितलाई घर र आर्थिक सहयोग गर्ने घोषणा गरे ।उल्लेखनीय छ, शनिबार साँझ वडा नम्बर १८ को खुदिराम कोलोनीमा भीषण आगलागी भएको थियो। आगलागीमा धेरै घर जलेर खरानी भएका छन्। त्यसबेला मेयर गौतम देव सहरबाहिर थिए। सोमबार नगर फर्किएपछि उनले उपमेयर रञ्जन सरकार, नगरपालिका आयुक्त सोनम वाङ्दी भुटिया र मेयर परिषद्का सदस्यहरुसँगै घटनास्थलको अवलोकन गरेका थिए। आर्थिक क्षतिपूर्ति र जलेको कागजात छिट्टै पीडितलाई हस्तान्तरण गरिने मेयरले बताए। उनले प्रभावितलाई आर्थिक सहयोगका साथै नयाँ घर, भान्छा र सामुदायिक शौचालय निर्माण गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement